सुन्दरताको आडमा अपराध जगतमा नेपाली युवतीको डरलाग्दो प्रवेश !
जसरी कमिला वा झिंगाहरू मह(हनी) खान पाइने लोभले फस्छन्, त्यसरी नै अधिकांश पुरुष सुन्दर महिलातिर चुम्बकले तानेझैँ तानिन्छन् । महिलाले ‘ग्रिन सिग्नल’ मात्रै दिनुपर्छ, अघिपछि केही नहेरी उनीहरू हाम्फालिहाल्छन् । राम्री केटीले प्रेमजालमा पारेर वा यौनका लागि आमन्त्रण दिएर फसाउने अपराधलाई प्रहरीहरू ‘हनी ट्रयापिङ’ भन्छन् । ‘इजी मनी’का लागि अपराधको यो शैली काठमाडौं भित्रिएको छ,’ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का निमित्त प्रमुख शेरबहादुर बस्नेत भन्छन्, ‘राम्री केटीको प्रयोग गरेर धनाढ्य पुरुष फसाउने प्रवृत्ति बढेको छ ।’ यसमा त्यस्ता पाँच युवतीको कथा खाजेको छ, जो विभिन्न समय यसखाले अपराधमा संलग्न रहेको भेटिएको छ ।
१ आशिकाको असली रूप
केन्द्रीय अनुसन्धान ब्युरोले २ असारमा दाङ, घोराहीकी १९ वर्षीया आशिका परियार र ३१ वर्षीय कोलबहादुर थापामगर (जो कुबिनका नामले समेत चिनिन्छन्) लाई पक्राउ गर्यो । ‘हनी ट्रयापिङ’मा पारेर एक जना व्यावसायीलाई अपहरण गरी फिरौती असुलेको अभियोगमा यी दुई पक्राउ परेका हुन् । थापा र परियार बत्तीसपुतलीमा एउटा घरमा डेरा गरी ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । यी दुई प्रहरीको फन्दामा परेपछि ‘हनी ट्रयापिङ’मा संलग्न एउटा गिरोहबारे खुलासा भएको छ ।
सुन्दर युवतीहरूलाई ढाल बनाएर धनाढ्यहरूको अपहरण गर्ने ‘गिरोह’का मुख्य योजनाकार हुन्, दाङ सैघा ६ का ३१ वर्षीय कोमानन्द खड्का । वास्तविक नाम कोमानन्द भए पनि अपराधको दुनियाँमा उनी ‘कम्रेड कुमार’ र ‘रोशन’का नामले चिनिन्छन् । परिचय लुकाएर अपराधकर्म दोहोर्याउन रुचाउने उनले आफ्नो नाम ‘मोडिफाई’ गरेर ‘कुमानन्द’ बनाए । यो गिरोहमा उनलाई साथ दिनेमा भोजपुरका ३१ वर्षीय नवीनकुमार राई र नाम नखुलेका अर्का एक जना छन् । २९ पुस ०७३ मा अपहरण तथा शरीर बन्धक अभियोगमा खड्का र राई पक्राउ परेका थिए जो हाल पुर्पक्षका लागि नक्खु कारागारमा छन् । यी दुईले कारागारबाटै योजना बनाएअनुसार, अपहरण तथा फिरौतीलाई अघि बढाएका थिए, कोलबहादुर थापा र आशिका परियारले ।

Comments
Post a Comment