७० प्रतिशत भन्दा माथी युवतीहरुलाई श्रीमानबाट किन यौन आनन्द मिल्दैन?जानी राखौ!!!!

यौन मानवजीवनको अभिन्न अंग हो र स्वभाविक पनि । मानव मनमा यौनेच्छा एकदम स्वभाविक हो । भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो, मानवजीवनका लागि प्रकृतिले नै दिएको । यौनेच्छा तपाईंमा एकदमै छ भन्ने प्रस्ट छ । तपाईंले आफूले यौनसम्पर्कबाट आनन्द प्राप्त गर्न नसक्नुभएको उल्लेख गरे पनि त्यसका लागि प्रयास गरेको कुरा उल्लेख गर्नुभएको छ ।
यौनेच्छा कसैमा बढी हुन्छ भने कसैमा कम । यो एउटै व्यक्तिमा पनि कहिले बढी र कहिले कम हुनसक्छ । तपाईंले श्रीमान्सँग यौनसम्पर्क गर्दा आनन्द नआएको र आफ्नो योनि खुकुलो भयो भन्ने मान्नुभएको देखिबाहेक अन्य जानकारी नदिनु भएकाले यसै भन्न सकिने स्थिति छैन । तपार्इंले आफ्ना श्रीमान्ले आफूबाट यौनआनन्द प्राप्त गर्नुभएको छ कि छैन भन्ने कुरा पनि लेख्नुभएको छैन तर पनि यसका केही पक्षलाई केलाऔं ।
तपाईंले श्रीमान्सँगको सम्बन्धबाट यौन चरमसुख नपाएको कुरा गर्नुभएको छ । कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरंग सम्बन्ध राख्छ । यसका लागि कुनै पनि व्यक्ति मानसिक रूपमै तयार हुनु जरुरी छ र उत्तेजनाको सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सक्ँदैन, सहयोग मात्र गर्न सक्ने हो । यौन चरमसुख पाउने त आफैंले हो ।
तपाईंलाई पक्कै पनि थाहा हुनुपर्छ, महिलाको सबैभन्दा बढी यौन संवेदनशील अंग भगांकुर हो । प्राय:जसो महिलाले यही अंगको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् ।
महिला तल र पुरुष माथि भएर गरिने यौनसम्पर्कमा सामान्यत: लिंगले भगांकुरलाई घर्षण गर्दैन । भगांकुर चलाउन औंला नै बढी सहयोगी सावित हुन सक्छ भने अर्कातिर आसन परिवर्तन अर्थात् महिला माथि रहेर गरिने यौन आसन बढी प्रभावकारी हुनसक्छ ।
अर्को बुझ्नुपर्ने कुरा के हो भने महिलाको योनिको बाहिरी (योनिद्वारनेरको) भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग । सानै भए पनि लिंगले भने योनिको बाहिरी भाग घर्षण गर्न सहयोग गर्छ । तपाईंले श्रीमान्सँगबाट यौन चरमसुख प्राप्त गर्न नसक्नुमा कतै मानसिक पक्ष नै कारक हो कि भन्ने विषयमा पनि विचार गर्नुपर्छ ।
योनिलाई कसरी कसिलो बनाउने ?
तपाईंले योनि ठूलो भएको कुरा गर्नुभएको छ, सम्भवत: तपाईंले योनि खुकुलो भयो भनेर लेख्न खोज्नुभएको होला भनेर, त्यसैअनुरूप जवाफ दिने प्रयास गरेको छु ।
समाधानका लागि यौनसम्पर्क गरिने आसनमा विभिन्नता ल्याएर यसमा सुधार ल्याउन सकिन्छ ।
योनि खुकुलो लागेको स्थितिमा विशेष गरेर जाँघ फैलाइएको स्थितिभन्दा नजिक ल्याइएको स्थिति सहयोगी हुन सक्छ । लिंगलाई ठूलो वा लामो बनाउने विभिन्न उपाय प्रयोग गरिएको पाइन्छ । तपाईंले श्रीमान्को लिंग ठूलो भएको कुरा गर्नुभएको छ, त्यसैले यस विषयमा चर्चा गर्नु मनासिब लागेन ।
अब योनिको खुकुलोपनका बारेमा केही कुरा भनौं । योनि मांसपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अंग हो । एकछिन विचार गर्नुहोस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधंै खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुुलो हुन्छ र ? पक्कै हुँदैन । यद्यपि योनिको मांसपेशी कसिलो बनाउने विभिन्न उपाय पनि छन् ।
यौनांग क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई केगेल (Kegel) कसरत भनिन्छ । योनिमा औंला पसाई औंलालाई अँठयाउँदा अर्थात् खुम्च्याउँदा यो मांसपेशीलाई तपार्इंले महसुस गर्न सक्नु हुन्छ ।

Comments

Popular posts from this blog

म त सक्दिन दाई घोप्टो परेर कस्तो दुख्छा .................रोमान्टिक यौन कथा

यो कुनै रमाईलो होईन वास्तविक घटना हो । ,नागथानबाट अप्रत्यासित सत्य खबरः” देखेर पनि नदेखेको झैँ गर्नु भो भने ठुलो अनिस्ट हुनेछा भिडियो आवश्य हेर्नुहोश | कमेन्ट मा || जय नाग|| लेख्नु होस |(भिडियो)