मिसन रत्नपार्क :यौनकर्मी भन्छन्, 'पुलिससँग त पूरै सेटिङ हुन्छ'
काठमाडौँ - ठमेलको एक होटलमा भएको पत्रकार भेटघाट कार्यक्रमपछी अर्थ सरोकार टिम रत्नपार्कमा हुने गरेको यौन व्यापार सम्बन्धी स्टोरी बनाउन रत्नपार्क पुग्यो । हुन त ठमेलपनि यौन बजारकालागि अखडानै हो। तर यहाँका यौनकर्मीहरु अलि भीआईपी र पैसावालहरुका लागि हुने गरेका छन् ।
हामीलाई खोज्नु थियो तल्लो तहका ग्राहकसँग 'डिल' गर्ने यौनकर्मीहरुको कथा । र त मोड्यौ हाम्रो सवारी उतैतिर । रातको ८ बजेको थियो । एउटा रङ्गीन रात्री जीवनको सुरुवात । खुलमखुल्ला फष्टाएको यौन बजार र ग्राहक खोज्न हिंडेका यौनकर्मी । थरि थरिका रेट, थरी-थरीका यौनकर्मी । थोरै महिला, अधिकांस तेश्रो लिंगी । ड्राइभरदेखि मजदुरी काम गर्नेहरुको यौन प्यास मेटाउने भोक ।
सबैका आ-आफ्नै धुन । यहि क्रममा हामी पनि बुझ्न लाग्यौ यौनकर्मीका यथार्थ । र हामी पनि ग्राहकझैं बनेर सुरु गर्यौं वार्तालाप । र भेट्यौं केहि यौनकर्मीका यथार्थ :
पात्र नम्बर १ : मिसेस टु थाउजेन्ड
'हामी बसेको ठाउँमा ' आउंदै केहि कामुक भएर सोधिन् उनले, 'जाने हो ?'
'रेट कति ?' हाम्रो प्रश्न थियो ।
'२००० हो । एक घन्टाको । 'होल नाइट ३५००' उनले उत्तर फर्काइन् ।
'लैजाने कहाँ हो ?' हामीले पुन: प्रश्न गर्यौं ।
'बागबजार' मुन्टो उतातिर फर्काएर उनी बोलिन् ।
'रिस्क त हुन्न नि ?' हामीले फेरी सोध्यौं ।
'रिस्क भए त हामीलाई पनि हुन्छ नि ! पुरै 'सेफ छ' उनी बोलिन् ।
'रेट मिलाउनुपर्यो ।' हामी बोल्यौं ।
'कति जना ?' उनले सोधिन् ।
'हामी दुइ' हामीले उत्तर फर्कायौं ।
'होल नाइट हो ?' उनको प्रश्नमा हामीले 'हो भन्यौं'
'३००० गर्दिनुस न त !' उनको प्रश्न ।
'२००० नै गरौँ न । होल नाइट' हामीले उत्तर फर्कायौं ।
'उनी राजी भइन् ।
हामी चुरोट किनेर आउने बहाना गर्दै त्यहाँबाट निस्क्यौं ।
झट्ट हेर्दा उनी २५ काटेकी थिईनन् । लैनचौर लैजान्छु भन्थिन् । 'हाम्रो आफ्नै रुम छ । पूरै सेफ ' उनको यो बोली सँगै नेपालमा यौन बजार कति खुलेआम भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको छ ।

Comments
Post a Comment