२ बच्चाकी आमालाई १६ वर्षे किशोरले गर्भवती बनाएपछि

एजेन्सी। दुई बच्चाकी आमाको फेसबुकमार्फत एक किशोरसँग भेट भयो। चिनजान विस्तारै प्रेममा बदलियो। ती किशोर महिलाको उमेरभन्दा आधा उमेरका थिए। उनीहरुको भेटघाट पनि हुन थाल्यो। उनीहरुको प्रेम झाँगिँदै गएको किशोरकी आमाले थाहा पाएपछि भने उनले सम्बन्धको विरोध गरिन्।
३१ वर्षकी क्याथलिन मार्टिन र १६ वर्षका ज्याक फ्युसिलको सम्बन्ध निकै गहिरो बन्दै गइरहेको थियो। क्याथलिन सम्बन्धविच्छेद गरिसकेकी महिला थिइन्। उनका एक ११ वर्षका र अर्का ३ वर्षका छोरा थिए। ज्याककी आमाले विरोध गरे पनि उनीहरुको सम्बन्ध झाँगिँदै गयो र उनीहरुबीच पटक पटक शारीरिक सम्पर्क पनि भयो। जसका कारण क्याथलिन गर्भवती भइन्।
क्याथलिन गर्भवती भएपछि भने ज्याककी आमाले उनीहरुको सम्बन्ध स्वीकार गरिन्। अहिले यो जोडीले निकै सुन्दर र स्वस्थ बच्चालाई जन्म दिएका छन् । उनीहरुको सम्बन्धलाई अरुले पनि स्वीकार गरेका छन्।

Comments
Post a Comment